नब प्रबेशी शिक्षकलार्इ तालिम ।

 

गोपालसिंह खड्का/रूकुम पश्चिम

रूकुम पश्चिमको मुसीकोटमा शिक्षक सेवा अfयोगबाट खुला प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी नियुक्ति भएका नव प्रवेशी शिक्षकहरूका लागि सेवा प्रवेश तालिम सुरू भएको छ ।

अfफू गएको विद्यालयको वातावरणमा सामाजिकीकरणका लागि सहयोग पुर्याउन तथा प्रशासकिय एवं व्यवहारिक पक्षसँग परिचित गराउन ,विद्यालय शिक्षा र शिक्षण सिकाइ पद्दतिसँग साक्षात्कार गराउदै शिक्षकले खेल्नुपर्ने भूमिकाको बारेमा जानकारी गराउने उद्देश्यका लागि  तालिम दिइएको हो ।

गत बर्ष स्थायी नियुक्ति पाएका अfधारभूत तह र माध्यमिक तहका शिक्षकहरूका  लागि ५दिने तालिम अfजबाट दिन शुरू गरिएको मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतले जानकारी दिएको छ ।

मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतको अfयोजनामा भएको कार्यक्रमको अf}पचारिक उद्घघाटन राष्ट्रिय गानबाट शुरू गरिएको थियो ।मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतका शिक्षा शाखा अधिकृत सुवर्णकुमार खड्काको अध्यक्षयतामा भएको तालिमको प्रमुख अfतिथ्यता रूकुम पश्चिमका शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख तारा प्रकाश पुन मगरको थियो ।तालिममा रूकुम पश्चिमका सामाजिक विकास कार्यालय प्रमुख खिम प्रकाश ढकाल , मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतका तालिम प्रशिक्षक हरिबहादुर रावल सहायक लेखापाल अf]मप्रकाश चालिसे रहेको तालिमको उद्घघाटन शत्रको सञ्चालन मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतका शाखा अधिकृत पूर्णप्रसाद उपाध्ययले गर्नुभएको थियो । तालिममा साविक प्राथमिक निम्न माध्यमिक र माध्यमिक गरी तिनै तहका नब शिक्षक शिक्षिका ५६ जनालार्इ  मुसीकोटको शिशिर होटलको हलमा तालिम चलिरहेको छ ।