जागिरी गरेर श्रीमती पढाउँछु भनेका कृष्णको यो हालत, काटिए दुवै हात र एक खुट्टा (भिडियो)

ऋषिराम खड्का
पौष १७ मंगलबार २०७५ पश्चिम रुकुम, सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओलीको ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने । रुपा स्टाफ नर्स पढ्ने तयारी सुरु गरिसकेकी थिइन । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो । उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे ।

घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे । ११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो । अर्कैको गल्तिको शिकार भए उनि । साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो । लाग्ने बित्तिकै भुईमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।

लखनउमा लामो उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि निको त भए तर अपशोच ! उनका दुवै हात र एउटा खुट्टा रहेनन । आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा छैन अर्काको साहारामा बाँच्नु परेको छ । उपचार गर्न नै ५० लाख बढी लागी सकेको र सबै ऋण काढेर खर्च गरेको उनकी श्रीमती रुपाले सिधान्युज सँग बताईन । ४०-५० लाख ऋण छ, ५० लाख जति हात खुट्टा राख्नलाई लाग्ने डाक्टरहरु बताउछन ।

घरमा भएको जायजेथा सबै सकिसक्यो भन्दै रुपाले सबैसँग सहयोगको अपेक्षा गरेकी छिन । २१ वर्षको कलिलो युवा जसले आफ्ना सपनाहरु आज बेडमा आफ्नो अर्ध ज्यानसँग सुताई रहेको छ ।

बुबा झुपलाल अाेलि र आमा जानकी केसिका दुई छोरा मध्यका कान्छा छोरा कृष्ण सानैदेखि पारिवारिक मायाबाट टाढा भए कृष्णका बुबाले वास्ता नगरेपछि सानैदेखि बुबाको माया पाएनन ।बुबाको अहिले सम्म अत्तोपत्तो छैन । छोराको त्यो हालत भएपछि भेट्न जान्छु भन्दै घरबाट निस्केका बुबा बेखबर छन । कृष्णका दाईले जेनतेन पैसा काढेर भाईलाई त बचाए अब थप उपचार गर्ने खर्च छैन । न पैसा कार्ने ठाउँ छ न आउँने ठाउँ न बेच्नलाई जग्गाजमिन ।

देश तथा विदेशमा हुने मनकारी नेपालीहरुले सिधै कृष्ण ओलीको मोवाईल नम्बर ९८०३७४५७०८ मा सम्पर्क गर्नसक्नुहुनेछ । यदि आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने सनराईज बैंकमा रहेको कृष्ण ओलीको आफ्नै खाता नम्बर ०७७०५०३१६५२०५००१ मा सहयोग रकम जम्मा गर्नसक्नु हुनेछ । सके सहयोग गरौँ नसके सेयर गरौँ ।

भिडियो हेर्नुहोस: