शालिकराम प्र*क*र*ण: के भनिन् अस्मिताले आजको बयानमा ? पढ्नुहोस

काठमाडौ। प्रहरीले पत्रकार शालिकराम पुडासैनीको मृ*त्यु प्र*क*र*ण अनुसन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट निय*न्त्र*णमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ।

पत्रकार पुडासैनी मृ*त्यु प्र*क*र*णमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आ त्म हत्या का दु रु त्सा हन अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दु र्घ टनामा मृ त्यु भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शालिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्। फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्।

‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’, अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शालिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शालिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएका थिए।

पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच ख ट प ट सुरु भएको थियो। त्यसपछि अस्मिता शालिकरामवि रु द्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूवि रु द्ध कार्यक्रमको तयारी गरेपछि आ त्म ह त्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्।

युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले बयानमा उल्लेख गरेकी छिन्।

प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुसन्धान र जाँचका लागि सहायक हुनेछ।

‘बयानमा बाझिएका विषयमा थप अनुसन्धान हुन्छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घटनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’

प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ। प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।

‘मृ त्त क को कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’ पुरा पढ्नुहोस…