उत्साहित हुँदै दिल्ली पुगेका ओलीलाई एयरपोर्टमै झड्का

काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सरिक हुन भारतको राजधानी नयाँदिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले विमानस्थल देखिनै खल्लो बनाएको छ । भारतीय जनता पार्टीले मतगणना मा अग्रता लिने वित्तिकै ओलीले टुइट मार्फत बधाइ दिएका थिए लगत्तै ओलीले फोन गरेर पनि मोदीलाई बधाई दिएका थिए । अत्ति उत्साहित भएर दिल्लीमै मोदीलाई अंकमाल गर्न पुगेका ओलीलाई झड्का त त्यत्ति बेला लाग्यो जतिबेला ओलीको स्वागतमा विमानस्थलमा भारतले विदेश सचिव पठायो ।

ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजय गोखले र भारतमा रहेको नेपाली राजदूतावासका नेपाली राजदूत निलाम्बर आचार्यसहित कर्मचारीले स्वागत गरेका थिए। भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतसहित प्रधानमन्त्री मोदीले साँझ ७ बजे राष्ट्रपति भवनमा सपथ लिँदैछन्।

मोदीको सपथमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति, थाइल्याण्डका मन्त्री, भुटानका प्रधानमन्त्री लोटे टिसिरिङ, मरिससका प्रधानमन्त्री, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नयाँदिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। मोदीले सपथ समारोहमा बिमस्टेक सदस्य राष्ट्रका प्रमुख बोलाएका छन्।