‘फुलबुट्टे सारी’को मोह बढ्दो, अब पञ्जावी भर्जनमा पनि फुलबुट्टे सारी ! (भिडियो)

पछिल्लो समय नेपाली संगीतप्रेमी माझ दिनप्रति दिन लोकप्रिय हुदै गएको गीत ‘फुल बुट्टे सारी’लाई अहिले दर्शकले अत्याधिक मन पराइरहेका छन् ।

महिला तथा पुरुष दुवैको आवजमा यो गीत पछिल्लो समय सर्वाधिक चर्चाको गीत बन्न सफल भइसकेको छ । त्यसोत सार्वजनिक अघिल्ला दुई भर्सनले एक करोड बढी भ्यूज पाइसक्दा नयाँ गीत सार्वजनिक भएको छ ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो । यी सबै भर्सनलाई अहिले दर्शक श्रोताले निकै नै रुचाएका छन् ।

उक्त गीतलाई पछिल्लो समय एक अफ्रिकी गायिकाले समेत गएकी थिइन् भने उक्त गीतको धेरै चर्चा समेत भएको थियो । अहिले सोही गीतलाई एक पन्जावी गायक लक्की सिद्धुले समेत गाएका छन् ।

फुलबुट्टे सारीको पञ्जाबी भर्जन संसार ब्लग प्रोडक्सनको आधिकारिक युट्यूब च्यानलबाट अप्लोड गरिएको छ । उक्त गीतलाई यतिबेला सामाजिक सञ्जालहरुमा निकै नै रुचाइएको छ भने उक्त गीतको भिडियोलाई ३ लाख भन्दा बढिले हेरिसकेका छन् ।