फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, तत्काल यी ११ काम गरौं

प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ। यो छिट्टै हट्ने संकेत देखिएको छैन।

कति राजनीतिका कुरा मात्र गर्ने? प्रदूषण विकराल भएको अवस्थामा अल्पकालीन रणनीतिमा सक्रिय तथा सधैं दीर्घकालीन रणनीतिमा क्रियाशील हुनुको विकल्प छैन।

प्रदूषण खतरनाक मन्द विष हो। हाम्रा बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई प्रदूषणले दिनप्रतिदिन अस्वस्थ बनाइरहेको छ।

अहिलेको प्रदूषण हटाउन यी थोरै काम तत्काल गर्न सम्भव छ :

–जोर/बिजोर सवारीसाधन सञ्चालन

–वर्क फ्रम होम

–हप्तामा २ दिन बिदा

–महिनाको एकपटक ‘भेहिकल होली डे’ को व्यवस्था

–अनलाइन प्रणालीको भरपुर उपयोग

–पोलिथिन प्रयोगमा निषेध

–फोहोरलगायत अन्य वस्तु जलाउन निषेध

–आगालागी गर्नेलाई कडा कारबाही

–ट्राफिक प्रहरी सक्रिय भएर शंकास्पद हरेक सवारी साधानको सडकमै प्रदुषण जांच अनि प्रदुषणमा फेल भएका सवारीसाधनमा जरिवाना

–इँट्टाभट्टा लगायत प्रदुषण बढाउने कारखाना स्थानान्तरण

–अभियानको रुपमा सरसफाई र वृक्षारोपण

यो खालको प्रदूषणले
–मुटु र फोक्सोलाई बिरामी बनाउँछ

–मुटु र फोक्सोलाई धपेडी गराउँछ्र

–स्वाश्प्रश्वास प्रणालीका कोष नष्ट गर्छ

–दम, ब्रोङ्काइटिस तथा क्यान्सर गराउँछ

–मुटु, फोक्सो तथा मष्तिस्कजन्य दीर्घरोगले मृत्यु गराउँछ

–फोक्सोको क्यान्सर हुन्छ

–फोक्सो ड्यामेज गराउँछ्र

–मानसिक समस्या निम्त्याउँछ

–गर्भवती, सुत्केरी तथा शिशुलाई निकै असर गर्छ

–आयु घटाउँछ आदि।

सकभर घरभित्र बसौं, बाहिर जाँदा चस्मा, मास्क, लाम्बाहुले कपडा, सनस्क्रिन लोसन तथा स्यानिटाइजरको प्रयोग गरौं।डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद्