एएफसी कपको प्रारम्भिक चरणमा आज आर्मीले श्रीलंकाको पुलिस क्लबसँग खेल्ने

एएफसी कप २०२१ फुटबल अन्तर्गत बुधबार प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गदैएछ ।

एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउने टिमको खोजीका लागि यो प्रतिस्पर्धा भइरहेको हो । तीन खेल जित्ने टिमले समूह डी मा स्थान बनाउनेछ ।

खेल बेलुका साढे पाँच बजेपछि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरु हुनेछ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले तयारी राम्रो गरेको बताएका छन् ।

गएको सिजन ए डिभिजन लिगमा दोस्रो भए पनि एएफसी क्लब लाइनसेन्स पाउने पहिलो क्लब बनेकाले आर्मीले यो प्रतियोगितामा अवसर पाएको हो ।