
काठमाडौ। नेकपाका सह-अध्यक्ष प्रचण्डले आफ्नी बुहारीको पूर्वपतिलाई निवासस्थानमा बोलाएर गुप्त वार्तालाप गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रौतहट जिल्ला इन्चार्ज रहेका शङ्कर अधिकारीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको दुई दिनपछि प्रचण्डले बोलाएर भेटेका हुन्।
बिना मगरले साथ छोडेर प्रकाश दाहाललाई अपनाएपछि केही समय बिचलित झैँ भएका शङ्कर विप्लव नेतृत्वको नेकपामा आबद्ध भएका थिए। पार्टी नीतिविपरीत क्रियाकलाप गरेको र सुध्रन दिइएको अवसरलाई समेत उपेक्षा गरी पार्टीको हितविपरीत काम गरेको आरोप शङ्कर अधिकारीमाथि लगाइएको छ।
नारायणी ब्युरो इन्चार्ज मिलनद्वारा जेठ १४ गते जारी गरिएको विज्ञप्तीमा शङ्कर अधिकारी र देव घिमिरेलाई पार्टीबाट हटाइएको ब्यहोरा उल्लेख गरिएको छ।
यसरी विप्लव नेतृत्वको नेकपाले निष्काशन गरेपछि प्रचण्डले विनाका पूर्वश्रीमान् शङ्करलाई आज (जेठ १६ गते) बिहान आफ्नो निवासमा बोलाएर गुप्त कुराकानी गरेका हुन्। दुई जनाबीच राजनीतिक एजेन्डामा मात्र कुरा भए या अन्य विषयमा पनि भयो भन्ने जानकारी प्राप्त हुन सकेको छैन।
बुहारी बनेर बिना घरमा भित्रिएपछि प्रचण्डले शङ्करलाई भेटेका थिएनन्। यो भेटलाई निकै अर्थपूर्ण मानिएको छ।
हेर्नुहोस विप्लव नेतृत्वको नेकपाको विज्ञप्ति-
(घटना र विचार)