गुरुले बालुवाटारको जग्गा फिर्ता गर्छु भन्दा चेलोले म पनि ७० करोड फिर्ता गर्छु भन्नु पर्दैन ?

आफ्नो सामाजिका सन्जालमा लेख्दै नेत्री रामकुमारी झाँक्रीले गोकुल बस्कोटा लाई भनेकी छन बिष्णु पौडेलले गुरुले बालुवाटार को जग्गा फिर्ता गर्छु भन्दा चेलोले ७० करोड म पनि फिर्ता गर्छु भन्नु पर्दैन ७० करोडको महाराजले ? भन्ने प्रश्न गरेकी छन | गोकुल बास्तोला संसदमा बोलेपछी त्यसको काउन्टरमा यो कुरा राखेकी हुन।

नेकपा एमालेकी नेता रामकुमारी झाँक्री अहिले चर्चित नेता हुन् । उनले दिएका अभिब्यक्ति विवादित बन्ने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत हुने झाँक्री नेताद्वय माधवकुमार नेपाल र भीम रावलालई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि थप रिसाएकी छन्।

यता राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि ६ महिनासम्म निलम्बन गरेको घट्नालाई प्रतिक्रियामात्रै भएको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले केन्द्रबाट कारबाहीको प्रक्रिया सुरु गरेको र उनको यो कदम सफलतातर्फउन्मुख रहेको टिप्पणी गरे । विश्लेषक खनालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईबीच पनि एकता हुने सनसनीपूर्ण खुलासा गरे । उनले एमाले पनि फुट्ने नै जिकिर गरे । उनले अब एमालेभित्र माधव नेपाल समूहको भविष्यको कुरा गर्दा राजनीतिक कार्यदिशा बनाउन सक्दा त्यति खराब नहुने पनि दाबी गरे।