सुर्खेतमा दुई भर्खरका किशोरीले लिएको निर्णयले गाउँ नै स्तब्ध (भिडियो)

सुर्खेतमा किशोर अवस्थाका दुई दिदी बहिनीले अप्रिय निर्णय लिएका छन् । उनीहरुको यस्तो निर्णयले परिवार स्तब्ध छ भने गाउँलेहरु छक्क परेका छन् । उनीहरु दुबै जंगलमा घाँस काट्न गएका थिए । यी दिदीबहिनी जंगलमा पा’सो लगाएको अवस्थामा मृत फेला परेका छन्।

पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ त भेटिएका हुन् । १४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए। उनका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्थानीयले देखेका थिए।

प्रहरीले नाम नखुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’ उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए।’

‘दुईजना बालिकाहरू आफ्नो आमाको बहीनी कमला बादीको घरमा बसेर पढ्दै आएका रहेछन्’ घर्तीले भने, ‘बिहान घाँस का ट्न भनेर जंगल गएका उनीहरूलाई यो अवस्थामा स्थानीयहरूले देखेका रहेछन् ।’ घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।