रहस्यमयी शिवलिङ्ग, दिनमा तीन पटक रंग बदल्छः वैज्ञानिकलाई सुल्झाउन चुनौती !

विश्वका कैयौं रहस्य अहिलेसम्म सबै सामु आउन सकेका छैनन् । भौतिकवादको सिद्धान्त कण्ठस्थ पारेर आध्यात्मिक क्षेत्रलाई पूरै सर्वनाश गर्न लागिपरेकाहरूलाई पनि कहिलेकाँही भेटिने रहस्यले आश्चर्यचकित पार्ने गरेको छ।

भगवान शिवको हिन्दु धर्ममा विशेष महत्व छ । भोलेनाथमा रुपमा चिनिने शिवलाई देवहरुको देव महादेव पनि भनिन्छ । भगवान शिवका चमत्कारका कहानीहरु पौराणिक कथाहरुमा उल्लेख पाइन्छिन्।

विश्वभरमा भगवान शिवका हजारौं मन्दिरहरु छन् । जो आफैंमा एक रहस्य लुकाएर बसेका छन् । जसको रहस्य आजसम्म कसैले खुलाउन सकेका छैनन् । भारतमा एक यस्तै मन्दिर छ।

अचलेश्वर महादेव मन्दिर, जसले वैज्ञानिकका अगाडि पनि ठूलो चुनौती खडा गरेको छ।

दिनमा तीनपटक रंग बदल्छ शिवलिङ्ग

​राजस्थानको बलौटे माटोमा कैयौं रहस्य दविएका छन् । यहाँको धौलपुरमा अचलेश्वर महादेव मन्दिरमा भगवान शिवको अदभूत चमत्कार देख्न सकिन्छ।

यो मन्दिरमा राखिएका शिवलिङ्ग दिनमा तीन पटक आफ्नो रंग बदल्छन् । यो शिवलिङ्ग हेर्दा एकदमै सामान्य लाग्छ । तर, यसको बदलिँदै गरेको मनमोहक रंगले सबैलाई आश्चर्यमा पार्दछ।

वैज्ञानिकका लागि चुनौती

यहाँको शिवलिङ्गले दिनमा तीन पटक रंग बदल्ने गरेको त सबैलाई जानकारी नै छ । तर, यसो हुनुपछाडीको रहस्य अहिलेसम्म वैज्ञानिकले पनि सुल्झाउन सकेका छैनन्।

यसको रंग बिहान गुलाबी हुन्छ । दिउँसो यसको रंग पहेँलो र बुलुका यसको रंग श्याम अर्थात कालो वर्णको हुन्छ।

सबैभनदा खास कुरा त के हो भने, अहिलेसम्म यस मन्दिरको अन्तिम बिन्दुसम्म कोही पनि पुग्न सकेको छैन।

शिवलिङ्गको रहस्यमयी जरा

स्थानीयका अनुसार अहिलेसम्म शिवलिङ्गको अन्तिम जडसम्म पनि कोही पुग्न सकेका छैनन् । यो शिवलिङ्ग पृथ्वीको निकै गहिराईसम्म पुगेको छ।

एकपटक यसलाई पत्ता लगाउने उत्खनन पनि गरिएको थियो । कैयौं दिनसम्म उत्खनन गरे पनि अन्तिम विन्दुसम्म कोही पनि पुग्न सकेन । पछि उत्खननको काम नै रोकियो।

यो अदभूत अचलेश्वर महादेवको मन्दिरमा मानिसहरु निकै श्रद्धाका साथ पूजा गर्न आउँछन् । यो शिवलिङ्गको दर्शन गर्नाले मात्रै पनि मानिसको मनोकामना पूरा हुने विश्वास गरिन्छ।

यहाँ आउने भक्तजन आफूले चाहेको जीवनसाथीको कामना पनि गर्दछन्।

यदि कुनै अविवाहित जोडी यस मन्दिरमा आफ्नो प्रियतमाको इच्छा लिएर आउँछ भने, शिवलिङ्गको दर्शनपछि उसको कामना पूरा हुने स्थानीय बताउँछन्।