
काठमाडौं । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काईएको छ । आज विहान केहि ब्यक्तिहरुले डोजर लगाई जस्ताको बार लगायत केही संरचना पनि भत्काए हो । स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो ।
डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार लगायत केहि संरचना भत्काइदिएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । ति ब्यक्तिहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको जनाएका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको एक स्थानीयले बताए ।
यस बिषयमा रुँदै जब धुर्मुसले आफ्नो वेदना पोखेमिदियामा पोखे तब विभिन्न कलाकारहरुले आ-आफ्ना प्रतिक्रिया दिएका छन्। यसैक्रममा जितु नेपालले आफ्नो फेसबुकमा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको बारेमा यस्तो लेखेका छन्:
“बजेट भाषणमा फिल्म स्टुडियो खोल्ने कुराले खुसी लाग्यो। तातोपानी नाका खुलेको कुराले खुसी लाग्यो। बन्दै गरेको अन्तराष्ट्रीय कृकेट रंगसालामा तोडफोडको कुराले दु:ख लाग्यो। जिवनमा सु:ख पनि छ।दु:ख पनि छ।”