सारेगमपमा प्रितमको अर्को जादु, आङ नै जिरिङ हुने गीत गाएपछि जजले समेत रोक्न सकेनन् आँसु (भिडियो)

काठमाडौं। इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् । उनको लुट गए … बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ।

त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’ प्रितमको प्रस्तुतीमा जजहरु रोएको देखाइएको छ ।

उक्त एपिसोड यो हप्ताको शनिबार र आइतबार प्रसारण हुँदैछ । तर प्रितमको प्रस्तुति कुन दिन प्रसारण हुन्छ भन्ने खबर आएको छैन । नेपालको इटहरीका ११ बर्षीय प्रितम आचार्य यति बेला देश विदेशमा निकै चर्चाको पात्र बनेका छन । उनको गायकीको फ्यान यतिबेला भारतमा पनि निकै बढेका छन् ।

उसो त अडिसनमै सोनु निगमको आवाजमा रहेको बोर्डर फिल्मको ‘कि घर कव आओगे’ गीत गाएर सबैको मनमा बस्न सफल भएका थिए । भारत पाकिस्तानको सिमानामा आधारित फिल्म बोर्डरमा समाबेस यो गीत निकै चर्चित गीत हो । यो गीत गया संगै उनको चर्चा सरेगमपमा अन्य प्रतिष्पर्धीको भन्दा निकै बढी भएको थियो ।

त्यसपछि पनि प्रितमले ब्याक टु ब्याक उत्कृष्ट प्रस्तुतिउ दिएका थिए । उदितनारायणलाई आफ्नो आइडल मान्ने प्रितमको चर्चापनि उदितनारायण संगै जोडेर कार्यक्रममा आउने अतिथिहरुले गर्ने गरेका छन् । भारतका चर्चित सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा नेपालका उदयमान बाल कलाकार प्रितमको प्रसंशामा आफ्ना सब्द खर्चेका छन् ।

नेपालका प्रितम सहित आयुस केसीले भारतका विभिन्न ठाउँबाट आएका लाखौ बाल कलाकारलाई चुनौती दिंदै आफ्नो हुनर देखाइरहेका छन् । प्रितम संगै यतिबेला टप ९ मा पुगेका नेपालका अर्का बाल कलाकार आयुष केसीले समेत आफ्नो गायकीबाट सबैको मन जितेका छन् ।

उनले पनि विभिन्न समयमा चार्टबास्टर पर्फमेन्स दिंदै सबैको नजर आफूतिर तानेका छन् । लाखौबाट छानिएर आएका बाल कलाकारहरु मध्ये यतिबेला टप ८ को लागि ९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

केहि हप्ताको निरन्तर प्रतिस्पर्धीले दिएको प्रस्तुतिका आधारमा जुरीजजको मुल्यांकनको आधारमा धेरै नम्बर ल्याउने अघिल्लो चरणमा जाने गरेका छन् । नेपालका बल प्रतिभा आयुष र प्रितम दुबैलाई विजेताको दाबेदार मानिएको छ । आफ्नो हुनर देखाइरहेका दुबैलाई हाम्रो तर्फबाट शुभकामना ! – सुदुर नेपाल
कार्यक्रम यही शनिबार र आइतबार राती ९ बजे प्रशारण हुँदैछ । हेरौं प्रोमो :