अचम्मका यी मानिसले लिए मन्त्रीको सपथ, सपथ ग्रहणको बेला रुक्नै मानेन ताली

एजेन्सी। प्रताप चन्द्र सारङीले जब रज्य मन्त्रीका रुपमा शपथ लिदै थिए उनको लागी सबैभन्दा धेरै ताली बज्यो । उनका केही तस्बिरहरु पनि केहिसमय अगाडी सामाजिक सन्जालमा भाईरल भएका थिए ।

एक सन्यासी जस्तै जीवन बिताउने उनी २००४मा पनि संसद बनेका थिए । तर उनको जीवन शैली बदलिएन । उनी साईकलमै हिडिरहे । उनी अति समान्य घरमा बस्छ्न । उनले आफुलाई जनताको सेवक भएकोले त्यो भन्दा कुनै ठूलो सपना नभएको बताउछ्न ।

हेर्दा उनी अति सामान्य देखिए पनि जनतामा उनको जबर्जस्त प्रभव देखिन्छ । उनलाई मजबुत जनाधार भएको संसदको रुपमा हेरिन्छ । उनै सारङी अहिले मन्त्री भएका छन । उनले आफू मन्त्री भए पनि जीवनशैली नबदल्ने घोषण गरिसकेका छ्न ।