खगेन्द्र संग्रौला भन्छन् आप करे तो रासलीला, बाकी सबका क्यारेक्टर ढीला !

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेख हरू लेख्ने गर्छन्।

खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। प्रगतिशिल लेखक सङ्घ सँग आवद्ध संग्रौला हाल काठमाडौंमा बसोबास गर्दछन्।

लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले आप करे तो रासलीला, बाकी सबका क्यारेक्टर ढीला भन्दै सामाजिक संजाल फेशबुकमा स्टाटस राखेका छन।