राजालाई जति देशको माया नेतालाई हुदैन, राजतन्त्र नै अन्तिम विकल्प हो: मनिषा कोइराला

यो सत्य होकि, जस्तो नागरिकका रुप हुन्छन्, देशले त्यस्तै अनुहारका नेता पाउने हो । हामी जस्तो छौं, नेताहरु पनि त्यस्तै जन्मिने कुरामा कुनै दुईमत नहोला ।

नागरिकका केहि कर्तब्य छन्, जस्ले देशका आधा समस्या हल गर्छ । राजनीति दल, नेतालाई आलोचना गर्ने अधिकार त्यो ब्यक्तिले मात्र राख्छ जस्ले कुनै न कुनै कर्तब्य देशप्रति निर्वाह गरेको हुन्छ ।

उदाहरणका लागि हामी एकछिन सडक,वजार, अस्पताल, स्कुल, कलेज, कार्यालय वा जहिंतहिं हेर्यौं भने हामी सारा नेपाली आफ्नो कर्तब्यवाट च्युत भइरहेका छौं । जबसम्म नागरिकले आफ्नो तर्फवाट उच्च सभ्यता सिक्दैनौं,तबसम्म ठुला ठुला विकास भएरपनि हाम्रो समाज माथि उठ्न सक्दैन ।

त्यसैले ठुलो कुरा हाम्रो कर्तब्य महत्वपुर्ण हो । के भारतको विहारमा, कलकत्तामा, उत्तरप्रदेशमा हाम्रो भन्दा धेरै विकास भएको छैन र ? तर के त्यहाँ नागरिक सुखी, खुशी र स्वतन्त्र छन् ? पक्कै छैनन् ।

जहाँ दैनिक हजारौं महिला हिंसा, कुरीति, अन्धविश्वास, हुकुमी शासन, असभ्यता लगायत कुसंस्कारवाट समाज नारकीय खाल्डोमा जकडिएको छ । विश्वमा यस्ता केहि देशका स्थान छन्, जहाँ रेल कुद्छन्, तर त्यहि रेल मुनि दैनिक अपराध र बलत्कारका घटना भइरहेका हुन्छन् ।

त्यसैले, नागरिकको चेतनास्तर नउठेसम्म सामाजिक सभ्यता माथि उठ्न सक्दैन । हुन त हाम्रो स्कुलिङ यिनै दलका विधान, घोषणापत्र र आन्दोलनको मार्गले निर्धारण गरिदियो । त्यहि भएर हामी उग्र, अशिष्ट, भ्रष्ट, कुलंघार, असभ्य, नरपशु जस्ता हर्कत सिक्दै आयौं ।

यो राजनीति परिवर्तनले न देश वनायो, न तपाई हामीलाई वनायो, न कसैलाई बनायो । जुन उखेल्न फेरि नेपालले अर्को घनघोर रक्तपात मच्चाउने दिन आउन सक्छ । आखिर, हामी कहिलेसम्म दलहरुले सिकाएको असभ्यतालाई सिकिरहने ?

किन हामी स्वंय सभ्य र उच्च संस्कारी नागरिक बन्न सक्दैनौं ? जबसम्म यो प्रश्नको हल गर्न सक्दैनौं, तबसम्म अरु प्रश्नको उत्तरले खासै अर्थ राख्ने छैन । देशको माया राजालाई मात्र हुन्छ । कुनै पनि राजाले देशको अहित चाहंदैनन् । किनकी आफ्नो देश रह्यो भने मात्र राजा हुन पाइन्छ भन्ने राजाले जानेका हुन्छन् ।

राजाको स्वार्थ भनेकै राजा हुने मात्र हो ,अरु कुनै स्वार्थ हुंदैन । आफ्ना जनता दुख पाउन भन्ने कुनै राजाको उद्धेस्य हुंदैन । तर, हरेक नेतामा यी कुनै पनि गुण हुंदैनन् । देश र जनता नरहे पनि पार्टी रहनुपर्छ भन्ने नेताको लक्ष्य हुन्छ । अहिलेसम्म नेपालको इतिहासले यहि सिद्ध गरिदिएको छ ।मनिषा कोइराला