एक एक भ्रष्ट कर्मचारीलाई राजीनामा दिन बाध्य बनाउँछु : मेयर चौधरी

इटहरी । भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध निर्मम देखिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दुई महिनाभित्र एक दर्जन बढी कर्मचारीले राजिनामा दिने बताएका छन् ।

कर्मचारी र सञ्चारकर्मी माथी दुर्वव्यहारको घटनापछि पहिलो पटक बोल्दै उनले २ महिना भित्र भ्रष्टाचारी कर्मचारीहरुलाई राजिनामा दिन बाध्य बनाउने योजना रहेको बताएका छन् । उनले खरिदार, सुब्बा, अधिकृतसम्मका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न रहेको बताउँतै ती कर्मचारीलाई राजिनामा दिन बाध्य बनाउने बताए ।

आगामी दिनमा सञ्चारकर्र्मीहरुसँग हातेमालो गर्दै अघि बढ्ने समेत उनले बताएका छन् । इटहरी उपमहानगरपालिकामा भएको भ्रष्टाचार हटाउन कदम चाल्दा भ्रष्टाचार गर्न नपाउनेहरुले आफुलाई घेराबन्दी गरेर फँसाउन खोजेको आरोप समेत उनको छ ।

केही भ्रष्ट कर्मचारीहरुको कारण इटहरी बदनाम भएको उनको विश्लेषण छ । मेयर चौधरीले जो सुकै व्यक्ती भए पनि भ्रष्टाचारीलाई नछोड्ने अभिव्यक्ती दिएका छन् । उनले इटहरी खानेपानीमा रामप्रसाद चौलागाईले चरम भ्रष्टाचार गरेको समेत आरोप लगाएका थिए ।

इटहरी घटना घटे लगतै मेयर चौधरी भने कार्यवाहक अध्यक्ष उप मेयर लक्ष्मी गौतमलाई दिएर काठमाडौ गएका छन् ।